काठमाडौं २० फागुन । पाकिस्तान र श्रीलंकामा भएको एसीसी एक दिवसीय एसिया कप खेलेको नेपाली टोलीलाई टिम ११ ले नगदसहित सम्मान गरेको छ।
गत भदौमा भएको एसिया कपमा टिम ११ ले खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो।
सोही घोषणाअन्तर्गत आइतबार एक कार्यक्रमका बीच प्रशिक्षक र खेलाडीलाई ४ लाख ७० हजार रुपैयाँ दिएको हो। टिम ११ का प्रमुख कार्यकारी अनिल रिजालले उक्त नगद पुरस्कार प्रदान गरेका हुन्।
एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले नेपाली टोली पराजित भएको नेपाली टोली भारतसँगको खेलमा भने १० विकेटले पराजित भएको थियो।
भारतसँग पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको थियो। टिम ११ खेलमा आधारित बाजी खेलाउने कम्पनी हो।
प्रतिक्रिया दिनुहोस्