काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रसँग नयाँ गठबन्धन गरेर सरकार गठन गर्ने चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।नीजि निवास बालकोटमा पार्टीको सचिवालय बैठक सकेलगत्तै उनी बालुवाटार पुगेका हुन्।
पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई लिएर केहीबेर अघि बालुवाटार गएको उनको सचिवालयले जानकारी दिएको छ।नयाँ सत्ता समीकरण बन्ने भएपछि सोमबार बिहानैबाट राजनीतिक दलका नेताहरू दौडधुपमा लागेका छन्।







प्रतिक्रिया दिनुहोस्