ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादी गठबन्धन फेरिएपछि अलमलमा


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   १ : ४३   बजे

काठमाडौं २१ फागुन । सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा पुगेको छ । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनलाई तोडेर एमाले र रास्वपालगायत दलसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेसँगै एकीकृत समाजवादी अलमलमा परेको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ राजनीतिक घटनाक्रमका विषयमा दिउँसो ३ बजे बस्ने सचिवालयको बैठकमा छलफल हुने बताए । यद्यपि, एकीकृत समाजवादी सुरुदेखि नै वाम गठबन्धनको पक्षमा भएको हुँदा नयाँ समीकरणको पनि स्वागत गर्ने बताए ।

‘हामी सुरुदेखि नै वाम गठबन्धन र एकताको पक्षमा थियौं । व्यक्तिगत रूपमा त मैले ‘डे वान’ देखि नै कांग्रेससँगको गठबन्धन ठीक भएन भनिरहेको थिएँ । आज वाम एकता हुने गरी भएको गठबन्धनको निर्णय स्वागतयोग्य छ’, नेता खनालले भने, ‘यो गठबन्धनमा हामी के गर्छौँ भन्ने विषयमा आज ३ बजे बसेको बैठकमा छलफल हुन्छ । अहिले नै यसै के गर्ने भनेर भन्न सकिँदैन ।’

अहिलेसम्म नयाँ गठबन्धनमा माओवादीसँग नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् । तर दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा एकीकृत समाजवादी भने बाहिर परेको छ ।

यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने पार्टीको पदाधिकारी बैठकमा बताएका छन् ।

हाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल कृषिमन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री छन् ।

माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्री प्रचण्डले वाम एकतामा जाने गरी एकीकृत समाजवादीलाई समेटेर लैजाने मनस्थितिमा रहेको बैठकमा बताएका थिए ।

‘प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई पनि मिलाएर लैजाने भन्नुभएको छ । तर पहिलो चरणको छलफलमा चारवटा पार्टी मात्रै समेटिएका छौँ । अरू दलसँग छलफल गरेर छिट्टै उहाँहरू पनि गठबन्धनमा आउने वातावरण बन्छ’, पौडेलले भने ।

नयाँ गठबन्धनमा समेट्ने गरी प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका नेताहरूसँग अनौपचारिक छलफल भने गरिरहेका छन् । तर गठबन्धनमा एकीकृत समाजवादीलाई कस्तो भूमिका दिने भन्ने स्पष्ट प्रस्ताव न प्रधानमन्त्रीले दिएका छन्, न एकीकृत समाजवादीले अगाडि सारेको छ ।

एकीकृत समाजवादीका एक नेताका अनुसार ३ बजे बस्ने बैठकमा प्रधानमन्त्रीका तर्फबाट आएको प्रस्तावबारे छलफल हुने र सोहीअनुसार कसरी अगाडि बढ्ने भन्ने निर्णय लिनेछ ।

‘हामी अहिले यो नै चाहियो भनेर माग गर्ने अवस्थामा छैनौं । तर, केही न्यूनतम आधारहरूमा मात्रै गठबन्धनमा जाने वा नजाने तय हुन्छ’, ती नेताले भने, ‘पहिलो कुरा हामीले यसअघि पाउँदै आएको भागबण्डा के हुन्छ रु दोस्रो, प्रदेशलगायत संरचनामा हामी कहाँ हुन्छौं रु तेस्रो, सबैभन्दा महत्वपूर्ण गठबन्धनले हामीलाई लिन चाहन्छ कि चाहन्न रु चाह्यो भने त्यसको आधार के हुन्छ भन्ने कुराले निर्धारण हुने हो ।’

त्यस्तै एकीकृत समाजवादीले एमालेलाई हेर्ने दृष्टिकोण के हो भन्नेमा पनि छलफल हुनुपर्ने ती नेताको भनाइ छ ।

‘एकीकृत समाजवादीका सम्मानित नेता खनाल भने एमालेलाई वर्ग दुष्मन नै घोषणा नगरेको हुँदा त्यसलाई ठूलो अर्थमा बुझ्न नहुने बताउँछन् । बरु सरकारले गर्ने कामले सँगै रहने वा नरहनेको कुराको अर्थ रहने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu