ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड नै अबको दुई वर्ष प्रधानमन्त्री रहने, त्यसपछि ओली


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   ३ : २१   बजे

काठमाडौं २१ फागुन ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा(आधा बाँड्ने सहमति भएको छ।

कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच यो सहमति भएको हो।

‘हाम्रा अध्यक्ष र प्रधानमन्त्रीबीच धेरै कुरा प्याकेजमै सहमति भएको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘सरकारको बाँकी कार्यकाल २र२ वर्ष बाँड्ने उहाँहरूबीच भएको एउटा सहमति हो।’

पोहोर पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। त्यतिबेला ओली र प्रचण्डका बीचमा साढे २ वर्षर साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो।

तर दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेको थियो।

एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि प्रचण्ड सँगको पुरानो गठबन्धन ब्युँत्याएर सरकारमा सहभागी हुने निर्णय गरेको हो। एमाले सहितका मन्त्रीहरूले आजै शपथ लिँदैछन्।

प्रचण्ड र ओलीबीच नयाँ सहमति भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने च्याप्टर भने अब बन्द भएको छ।

माओवादीले समाजवादीलाई गठबन्धनमै रहन आग्रह गर्ने निर्णय गरे पनि प्रधानमन्त्री दिन भने तयार छैन।

एमालेका एक नेताका अनुसार ओली पनि नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन बनाएर जाने कुरामा सकारात्मक छन्।

‘तर कांग्रेस सहितको पुरानो गठबन्धन टुटेपछि माधवजीलाई प्रधानमन्त्री दिने पुरानो सहमति भने स्वतः टुट्यो,’ नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘अब हामी नयाँ बाटोमा गयौं, वामपन्थी ध्रुवीकरणको यो यात्रामा माधवजी सँगै रहनुहुन्छ भन्ने अपेक्षा छ।’

२०७९ को चुनावी तामलेम हुँदा नै पुरानो गठबन्धनका बीचमा क्रमशः प्रचण्डले दुई, माधवकुमार नेपालले एक र शेरबहादुर देउवाले २ वर्ष सरकार चलाउने सहमति भएको थियो। गत पुस १० गते प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा निष्क्रिय भएको उक्त सहमति पोहोर चैतमा कांग्रेस सरकारमा सहभागी हुँदा फेरि ब्युँतिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu