त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन र माइकल लेभिटले समान २ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्