काठमाडौं २२ फागुन । त्रिकोणत्मक टी–२० आई शृंखलाको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालका दीपेन्द्र सिंह ऐरी १४।३ ओभरमा व्यक्तिगत १ रनमा आउट भए । उनलाई टिम भान डर गुगटेनले एलबीडब्लूको धरामा पारेका हुन् । उनी आउट हुँदा नेपालको स्कोर १२८ रन छ ।
यसअघि ओपनर आरिफ शेख ४७ र कुशल भुर्तेल २० रनमा आउट भए । कप्तान रोहित पौडेलले २५ रन बनाए ।
प्रतिक्रिया दिनुहोस्