काठमाडौं , ६ फागुन । म्याग्दी जिल्लाको पाखापानी प्रहरी चौकीका प्रहरी हवल्दार कुलबहादुर विसी १ लाख ६० हजार रुपयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले घुस रकम सहित पक्राउ गरेको हो ।
प्रहरी जवान पदमा भर्ना गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनलाई म्याग्दी बसपार्कमा घुस लिँदालिँदै पक्राउ गरिएको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस्