ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै


एबीसी न्यूज
२७ फाल्गुन २०८०, आइतबार   १२ : २४   बजे

काठमाडौं २७ फागुन । नेपालले त्रिकोणात्मक टी(२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ स् १५ मा मोकं कोकमा सुरु हुनेछ ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी(२० आई सिरिज हुनेछ । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडी विना नै हङकङ पुगेको छ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

हङकङले पहिला ब्याटिङ गर्दै नेपालको कमजोर बलिङ आक्रामणको भरपूर्ण फाइदा उठाउँदै २१२ रन बनाएको थियो । बाबर हायतले ४९ बलमा ३ चौका र १३ छक्कासहित सर्वाधिक ११० रन बनाएका थिए । मार्टिन कोट्जी २१ बलमा ३१ रनमा आउट भएका थिए । बाबर र मार्टिन प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट निकै महत्वपूर्ण हुनेछ ।

निजाकत खान र अंशुमन रथ पनि घातक बन्न सक्ने खेलाडी हुन् । शनिबारको खेलमा आजाज खानले ४ र एहसान खानले ३ विकेट लिएका थिए । यी दुई प्रमुख बलर हुन् ।

नेपालको ब्याटिङ शीर्ष क्रममा बढी निर्भर छ । कुशल भुर्तेल, विनोद भण्डारी र रोहित पौडेल प्रमुख ब्याटर हुन् । यी तीन मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ ।

पहिलो खेलमा तीन ओभरमा ४८ रन खर्चेका राशिद खानको स्थानमा आज करण केसी खेल्ने बलियो सम्भावना छ । विवेक यादव र सन्दीप जोरालाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ । पहिलो खेलमा सन्दीप २ र विवेक १ रनमा आउट भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group