काठमाडौ ३० फागुन । कांग्रेस पार्टीका नेताहरुले आफूलाई धोकेबाज र बेइमान भन्न नसुहाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने( धोकाको आरोप त बरु मलाई प्रधानमन्त्री बनाउन पहल गर्ने दलहरू र त्यसको मुख्य नेतृत्व माननीय केपी शर्मा अोलीले लगाउन मिल्छ ।
प्रधानमन्त्री उहाहरूले बनाउने अनि खुरुक्क कांग्रेसतिर जाने भन्न पाउनुहुन्छ । कांग्रेसले त मलाई धोकाको आरोप लगाउन पाउँदैन,शेरबहादुर देउवालाई २ पटक प्रधानमन्त्री मैले बनाएको हो । तर कांग्रेसले मलाई बनाएको एक पटक हो ।







प्रतिक्रिया दिनुहोस्