ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै


एबीसी न्यूज
३० फाल्गुन २०८०, बुधबार   १ : १२   बजे

काठमाडौं ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा बुधबार विश्वासको मत लिँदै हुनुहुन्छ । २०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको यो तेस्रो पटक हो । सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिनेबारे प्रधानमन्त्रीले संसद् सचिवालयमा यसअघि नै लिखित पत्र पठाइसक्नु भएको छ । सरकारमा सहभागी नेपाली कांग्रेसले समर्थन फिर्ताको निर्णय गरेपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।

निर्वाचनपछि पहिलो पटक नेकपा ९एमाले० सँगको गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका प्रचण्डले २०७९ पुस २६ गते विश्वासको मत लिनुभएको थियो । उहाँले मतदानमा सहभागी २७० मध्ये २६८ मत पाउनुभएको थियो । गठबन्धनको विपक्षमा रहेको तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । एमालेसँगको सहकार्य तोडेर करिब तीन महिनामै कांग्रेससँग गठबन्धन भएपछि एमालेले समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनुभएको थियो । दोस्रो पटक प्रधानमन्त्रीले १७२ मत पाउनुभएको थियो । विपक्षमा ८९ मत परेको थियो ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायत पाँच दलको समर्थनमा प्रधानमन्त्री निरन्तर हुनुभएका प्रचण्डले बुधबार तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा० नेपाल, नेकपा ९एकीकृत समाजवादी० को समर्थन रहेको छ । प्रतिनिधि सभाको विश्वासका लागि प्रधानमन्त्रीलाई १३८ मत आवश्यक पर्छ ।

प्रधानमन्त्रीलाई समर्थन गर्ने दलमध्ये एमालेको ७६, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीको १० सांसदलाई मताधिकार छ । तर एमालेका वसन्त नेम्वाङ बिरामी रहेकाले मतदानको सहभागिता निश्चित छैन ।

माओवादी केन्द्रका प्रतिनिधि सभामा ३२ सदस्य छन् । केही साना दल र स्वतन्त्र सांसद विश्वासको मतको पक्षमा भए पनि निर्णय गरिसकेका छैनन् । गठबन्धनबाट प्रधानमन्त्रीलाई १५० मतसम्म प्राप्त हुने सम्भावना छ ।

गठबन्धनमा आबद्ध दलहरूले प्रधानमन्त्रीको पक्षमा मत दिन सांसदहरूलाई निर्देश गरिसकेका छन् । प्रतिनिधि सभाको बुधबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group