ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली- गठबन्धन परिवर्तनमा प्रचण्ड र म दुई भाइलाई जस दिए हुन्छ


एबीसी न्यूज
३० फाल्गुन २०८०, बुधबार   १ : २८   बजे

काठमाडौं ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन परिवर्तनका लागि बाह्य शक्तिको नाम जोड्नु बान्छनीय नभएको बताएका छन् ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा बोल्दै एमाले अध्यक्ष ओलीले देशभित्रकै शक्तिले मिलेर गरेको कामलाई बाह्य शक्तिले गरेको भन्नु उचित नहुने बताए ।

‘हामीले सँगै मिलेर धेरै राम्रा काम गरेका छौँ । राम्रा गरे जति सबै आफूले गरेको भन्छ नेपाली कांग्रेसले । अरूलाई एक छेउ जस दिन्छ रु’, ओलीले भने, ‘यसपटक पनि नेपाली कांग्रेस मात्रै होइन, अरूअरू छरछिमेकका मित्र पनि यत्तिको काम त हामीले गरेको भनेर हामीलाई जस दिए हुन्छ नि । सरकार परिवर्तन यताउता, खत्र्याखुत्रुक, हाम्रो देशभित्रका सानातीना काम त हामीले गरेको भन्दा हुन्छ । को देश आयो, कुन आयो, कसले गर्यो भनेर कहाँ अरूलाई जस दिएको रु’

उनले गठबन्धन परिवर्तनमा प्रधानमन्त्री प्रचण्ड र आफूले गरेको जिकिर गरे ।

‘परिवर्तन गर्ने प्रचण्डजी मुख्य हो, साथ दिने म पनि हो । दुई भाइलाई जस दिए पनि हुन्छ नि’, ओलीले भने, ‘मैले १६ पुसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन गठबन्धनमा रमाएर मस्तले इन्जोय गरिरहेको कांग्रेसको तलाउमा फ्याट्ट ढुंगा फ्याकेर किन तरंग ल्याउने त्यतापट्टी छैन भनेको थिएँ । मैले तरंग ल्याउन चाहिनँ । तर बुझ्न त कांग्रेसले बुझेको थियो होला ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu