ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली- कांग्रेसले इमानको कुरा गर्दा आश्चर्य लाग्यो


एबीसी न्यूज
३० फाल्गुन २०८०, बुधबार   १ : ३६   बजे

काठमाडौं ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन आग्रह गरेका छन् । कांग्रेसले गठबन्धन बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयलाई राजनीतिक बेइमानी भनेको छ ।

बुधबार संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले कांग्रेसले धोका भएको भनेकामा आश्चर्य लागेको बताए ।

‘नेपाली कांग्रेसले रोस्ट्रममा उभिएर जुन इमानको कुरा गर्‍यो त्यसले अचम्म लाग्यो । कसरी भन्न सकेको होला, ढुक्कैले रु’, ओलीले भने, ‘एउटा औला अरुलाई देखाउँदा अरु औला आफूतिर फर्किन्छन् भन्ने बिर्सिनु हुँदैन ।’

ओलीले आफूलाई कांग्रेससँग भनाभन गर्न मन नलागेको भन्दै आफूलाई इमानको खानी र वाचा बन्धनमा अडिएको नठान्न आग्रह गरे । ‘साह्रै वाचावन्धनमा अडिएको, इमानै इमानको खानी, बेइमानी भनेको थाहै नपाएको, गर्दै नगर्ने, देख्दै नदेखेको भन्दा आश्चार्य मात्रै व्यक्त गरेको’ ओलीले भने ।

ओलीले संविधान निर्माणपछि आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको अवस्थामा कांग्रेसले धोका दिएको स्मरण गरे ।

‘०७० सालको चुनावपछि नेपाली कांग्रेसको बहुमत थिएन । तर हाम्रोभन्दा दुई सिट भए पनि बढी थियो, त्यसैले उसले प्राथमिकता पाओस् । नेपाली कांग्रेसको नेता प्रधानमन्त्री हुनुहोस्, त्यसपछि हामी बनौंला भनेर मैले नै भनेको थिएँ’, उनले भने, ‘‘ पछि त सहमति पालना गर्नु कता हो कता । प्रधानमन्त्रीमा० प्रस्ताव गर्नुहोला भनेको त आफै उम्मेदवार हुन पुग्नुभयो ।’

२०७२ असोजमा संविधान जारी भएपछि प्रमुख दलहरुबीच एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने सहमति भएकामा कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाले उम्मेदवारी दिएका थिए । यद्यपि ओली नै प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group