ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली-प्रतिपक्षमा कांग्रेसले परिपक्वता देखाओस्


एबीसी न्यूज
३० फाल्गुन २०८०, बुधबार   २ : ०९   बजे

काठमाडौं ३० फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्ष र प्रतिपक्ष दलहरुका लागि अस्थायी भूमिका भएको भन्दै मुलुकका समस्या समाधानमा रचनात्मक बन्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले कांग्रेसलाई परिपक्वता देखाउन आग्रह गरेका हुन् ।

‘हामी साच्चै रचनात्मक प्रतिपक्ष, सिर्जनात्मक सहिष्णु र उदार सत्ता पक्ष भएर चल्नुपर्छ । कांग्रेस अस्ति सत्ता पक्षमा हुँदा त्यो भूमिकामा कमी भयो’, ओलीले भने, ‘त्यो रियलाइज गर्दा पनि हुन्छ । अहिले प्रतिपक्षमा यत्तिको छिप्पिएको कांग्रेसले म्याचुरिटी देखाउनुपर्छ ।’

उनले मुलुक आर्थिक मन्दीको अवस्थामा रहेको भन्दै समस्या समाधानमा एक ठाउँमा आउनु पर्ने आवश्यकता औंल्याए ।

‘को सरकारमा छ भन्ने कुरा अस्थायी हो । घाम जुन रहुञ्जेल, कोही दश बीस वर्ष रहँदैन । भएका बेला सकेसम्म राम्रो काम गर्ने हो । रचनात्मक बनोस् भन्ने मेरो कामना हो’, ओलीले भने ।

उनले मुलुकको आर्थिक समस्या सहज बनाउन र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन कांग्रेसको सहयोग मागे । कांग्रेस नेताहरुले एमालोक कारण संक्रमणकालीन न्यायसम्बन्धी ऐन प्रतिनिधिसभाबाट पारित हुन नसकेको आरोप लगाइरहेका बेला ओलीले विगतमा आफू प्रधानमन्त्री हुँदा कांग्रेसले सहयोग नगरेको आरोप लगाए ।

‘म प्रधानमन्त्री हुँदा टुंग्याऔं भन्दा नुटुंग्याएको कसले रु अनि सभापति कसका भए आयोगमा रु काम नगरेको कसले रु काम नगर्न तिनलाई निर्देशन मैले दिएको हो र रु’, ओलीले भने ।

संसदमा विचाराधीन बेपत्ता पारिएका ब्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा एमालेको धारणा विगतदेखि नै एउटै रहँदै आएको दाबी गरे ।

‘लगातार मैले एउटै कुरा भनिरहेको छु । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले जे भन्नुभयो त्यही कुरा भनिरहेको त हो । प्रायः कुरा टुंगिसकेका छन् । अब एक दुई कुरा छन् । टुंग्याऔं’, ओलीले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu