ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई प्रचण्डको जवाफ- एमालेसँग मिले हुन्छ, माओवादी डराउँदैन, प्रतिपक्षमा बस्छ


एबीसी न्यूज
३० फाल्गुन २०८०, बुधबार   ३ : ४०   बजे

काठमाडौं ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गतेदेखि प्रमुख प्रतिपक्षमा गएको नेपाली कांग्रेसलाई अर्को ठूलो शक्ति नेकपा एमालेसँग मिल्न चुनौती दिएका छन्।

बुधबार विश्वासको मतका लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यसो भनेका हुन्।

‘आजको संसदमा बहस सजीव रुपमा अघि बढेको छ। तेस्रो पटक विश्वासको मत लिँदैछु गठबन्धन भत्किँदै बन्दै गरेकाले’, उनले भने, ‘पुरानो गठबन्धनलाई निन्तरता दिनु भनेको दिन काट्नु, काल पर्खिनु जस्तै भयो। प्रधानमन्त्री थिएँ तर विकास होस् कि नहोस् भनेर बस्न मिल्ने थिएन। कांग्रेससँग मिल्न नसकेपछि मैले कि पद त्याग्नुपर्थ्यो कि त नयाँ गठबन्धनमा जानुपर्‍थयो।’

 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई ठूला दल मिलेमा माओवादीको हालत के हुन्छ भन्नै बुधबारको संसद् बैठकमै कटाक्ष गरेका थिए।

‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छरु भनेर पहिले पनि भनियो, आज पनि भनियो’, उनले भने, ‘मेरो त कामना छ तपाईंहरू सबै मिल्नु भयो भने माओवादी प्रतिपक्षमा जान्छ। कांग्रेसका नेताहरूले त्यसो भनेर ठूला दलहरू मिल्दा माओवादी केन्द्र डराउँदैन।’

हिजो कांग्रेस र एमाले मिलेर आफूहरूको टाउको काट्न खोजेको पनि दाबी उनले गरे। ‘हिजो सबै मिलेर टाउको काट्न खोजेकै हो नि त’, उनले भने, ‘राजनीतिक रुपले हित र फाइदा हुन्छ भने गठबन्धनमा मिल्ने हो, विचार नमिले छाड्ने हो।’

उनले प्रश्न उठेका मान्छेलाई किन मन्त्री बनाएको भनेर कांग्रेसले सोधेको प्रश्नको जवाफ पनि दिए। ‘प्रश्न उठेकालाई किन मन्त्री बनाइयो, किन सरकारमा लगियो भनियो तर उनैलाई प्रधानमन्त्री बनाउन पनि हिँडेको हामीले सुनेकै छौँ।
आफूतिर नआउने भएपछि भ्रष्टाचारी र कारबाहीमा परेको भनिदिए हुने हो? ’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group