ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री गिरी- नियामक निकायको कमजोरीले सहकारीमा समस्या आयो


एबीसी न्यूज
१ चैत्र २०८०, बिहिबार   २ : १३   बजे

काठमाडौं १ चैत । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारी संस्थाहरुको नियामक निकायको कमजोरीले सहकारीमा समस्या देखिएको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा बिहीबारबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सरकारको नियमन कार्यशैलीमा प्रश्न उठाएका हुन् ।

बैंकहरुलाई नियमन गर्ने राष्ट्र बैंक रहेको जस्तै सहकारीको नियमन गर्ने निकाय पनि आवश्यक भइसकेको मन्त्री गिरीले बताए । पारदर्शिताको अभावले पनि केही सहकारीमा समस्या आएकाले सहकारीलाई पूर्णरुपमा प्रविधियुक्त बनाउनुपर्नेमा उनले जोड दिए ।

मन्त्री गिरीले भने, ‘प्रविधिलाई सम्पूर्णरुपमा आत्मसाथ गर्न सकेनौं भने हामीले पारदर्शिता कायम गर्न सक्दैनौं, सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्दैनौं । जब पारदर्शिता हुँदैन र सेवा प्रवाह प्रभावकारी हुँदैन भने आम मानिसको यसप्रतिको विश्वास पनि रहन सक्दैन । अहिले जेजति ढंगले विभिन्न समस्याहरु आइराख्या छन्, यो पारदर्शिताको कमी मुख्य कारण हो भन्ने म ठान्छु ।’

पारदर्शिता कायम गर्न नसके भविष्यमा अहिलेकाभन्दा पनि ठूला चुनौतीहरु आउने चेतावनी उनले दिए । ‘कम्तिमा पनि सहकारीका प्रत्येक सदस्यहरुले मेरो संस्थाले के गरिराख्या छ भन्ने कुरा प्रत्येक दिन जानकारी पाउने गरी हामीले प्रविधिसँग जोड्न सकेनौं भने सहकारीका सदस्यहरु आफ्नो संस्थाप्रति आश्वस्त बन्न सक्ने अवस्था रहँदैन ।

त्यसकारणले हामीले प्रविधिमैत्री मात्र होइन प्रविधियुक्त बनाएर लिएर जानुपर्छ,’ उनले भने, ‘यसमा कुनै इफरबट छ भन्ने मलाई लाग्दैन । यदि हामी यो कुरा आत्मसाथ गर्न सकेनौं भने अरु ठूला ठूला प्रश्नहरु हाम्रो अगाडि आउन सक्छन् । हामी योभन्दा भयंकर ठूलाठूला चुनौतीहरु सामना गर्नुपर्ने ठाउँमा आउन सक्छौं ।’

सहकारी संस्थाबाट ऋण लिने व्यक्ति सुविधासम्पन्न गाडी चढेर हिँड्ने तर ऋण दिने व्यक्ति थुनिनुपर्ने अवस्था रहेको भन्दै उनले ऋणीले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्नुपर्ने बताए । ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री गिरीले कतिपय ऋणीका कारण पनि सहकारी संस्थाहरु समस्यामा परेको बताए ।

उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । ‘सबैलाई जेल पठाएर समस्याको समाधान हुँदैन, यस्तो कार्यले हामीले ठूलो समस्या भोग्नु पर्ने हुन्छ, बेलैमा सचेत बन्नुपर्छ,’ उनले भने, ‘सहकारी क्षेत्रमा केही व्यक्तिले गलत गर्यो भन्दैमा सबैलाई लज्जित गर्नु हुँदैन, यो अवस्था हुँदा सरकार कहाँ थियो,’ उनले प्रश्न गर्दै भने, ‘ऋण खाने प्राडोमा र ऋण दिने जेलमा छन्, सहकारी र बैंकबाट ऋण लिएर छोराछोरीलाई अमेरिका र अष्ट्रेलिया पठाउने अनि अहिले समस्या आयो भनेर सञ्चालकलाई गाली गर्ने ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu