ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमनलाल मोदी – शान्ति प्रक्रियालाई टुंग्याउन अदालतले दिनगन्ती सुरु गरिसक्यो


एबीसी न्यूज
१ चैत्र २०८०, बिहिबार   २ : २१   बजे

काठमाडौं १ चैत ।  नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले शान्ति प्रक्रियालाई टुंग्याउन सर्वोच्च अदालतले दिन तोकेर आदेश दिएको पनि स्मरण गरे ।

‘सर्वोच्च अदालतल फैसला गरेको छ । शन्ति प्रक्रियाको विषयमा अदालतले एक महिनाभित्र आयोग गठन गर भनेको छ । कानुन निर्माणका लागि निर्देश गरेको छ’ उनी थप्छन्, ‘हिजोदेखि त्यो दिन गन्ति सुरु भएको छ । अब २९ दिन बाँकी छ । शान्ति प्रक्रियामा हामी कोही अछुतो छैनौं । हजारौं हजार जनताले पाउनुपर्ने न्याय छ । यसमा हामी गम्भीर हुन जरुरी छ ।’

सर्वोच्च अदालतले गत मंगलबार एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिसक्न परमादेश जारी गरेको थियो ।

गत माघ १५ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलले दिएको उत्प्रेषणको आदेशको गत मंगलबार सार्वजनिक पूर्णपाठमा एक महिनाभित्रै आयोग गठन गर्न परमादेश गरिएको हो ।

साथै, सर्वोच्चले आदेश प्राप्त गरेको १५ दिनभित्र पीडितको शीघ्र सत्य तथ्य जान्न पाउने कुरामा प्रारम्भिक छानबिन अगाडि बढाउन भनेको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा दफावार छलफलमा छ । उक्त विधेयक पास गर्नका लागि सबै राजनीतिक दलहरु तयार हुनुपर्ने र सहमतिमा अगाडि बढाउनुपर्ने सांसद मोदीले बताए ।

राजनीतिक दलहरुका बीचमा समीकरण फेरिए तापनि विगतदेखि उठाउँदै आएका एजेण्डा र दृष्टिकोणमा फरक हुन दिन नहुने पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu