काठमाडौं ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सरकारी निवास बालुवाटार सर्नुभएको हो ।
ओली दिउँसो ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल लम्बिएका कारण उहाँ साँझ मात्र बालुवाटार पुग्नु भएको हो । ४ बजे नै ओली वालुवाटार आउने सुनेर स्वागतका लागि फूल लिएर बालुवाटारमा बसेका एमाले नेताहरुले साढे २ घन्टा प्रतिक्षा गर्नु परेको थियो ।
ओली यसअघि प्रधानमन्त्री बन्दा रोपेको पिपलकाे रुखमा पानी हालेर वालुवाटार प्रवेश गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्