ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार ढाल्ने चलखेलमा छ काँग्रेस- प्रमुख सचेतक बर्तौला


एबीसी न्यूज
४ चैत्र २०८०, आइतबार   ३ : १८   बजे

काठमाडौं ४ चैत । नेकपा एमाले का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अङ्कगणितका आधारमा प्रस्तुत भइरहेको आरोप लगाउनुभयो । उहाँले काँग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिन नहुने बताउनुभयो । सुन तस्करीको प्रकरण सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन हुनुपर्ने उहाँले बताउनुभयो । आयोगको प्रतिवेदन सांसदलाई बुझाउन पनि सरकारसँग उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुन तस्करी प्रकरणको सन्दर्भमा सरकारले आयोग बनाएको थियो, त्यो आयोगले सरकारलाई रिपोर्ट पेस गरेको छ । त्यो रिपोर्ट बमोजिम जसको जहाँ–जहाँ जसरी संलग्नता छ, दोषका प्रकृतिका आधारबाट कानुनी कारबाही हुन्छ ।’ प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ उहाँले भन्नुभयो ।

कानुनको आँखाबाट दोषी देखिएको जोसुकै भए पनि उम्किन नहुने उहाँको भनाइ छ । कोही पनि दोषी सरकारको छायाँमा रहेका कारणले गर्दा उन्मुक्ति पाउँछ भन्ने कुरा किमार्थ हुन नहुने उहाँले सुझाव दिनुभयो । गृहमन्त्री रवि लामिछाने आफ्नोबारेमा छानबिन सबै तहबाट होस् भनिरहेकाले त्यसमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “यसलाई विषय बनाई राजनीतिक ढङ्गबाट अहिले रास्वपाको नेतृत्वकर्ता गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अङ्कगणितका आधारमा गरिएको प्रयास हो” उहाँले भन्नुभयो ।

“अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अङ्ग प्रभावित हुन्छ भन्ने सोच्नुहुँदैन । यो सरकारलाई उहाँहरुले २८ दिनको म्याद दिनुभएको छ” उहाँले भन्नुभयो । सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu