ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापा-सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने ?


एबीसी न्यूज
५ चैत्र २०८०, सोमबार   १ : ०९   बजे

काठमाडौं ५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमाथिको अनुसन्धान अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

यस सम्बन्धमा मन्त्रिपरिषदमा रहेका सदस्यहरु नै अनुसन्धानको घेरामा रहेको भन्दै उनले निष्पक्ष अनुसन्धान हुनेमा आफूलाई आशंका लागेको बताए । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट पार्नुपर्ने उनको माग छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले प्रधनमन्त्री प्रचण्डले पोखराका पीडितहरुसँगको भेटमा सहकारी ठगीका सम्बन्धमा अनुसन्धान हुन्छ भनेको आफूले सुनेको तर विश्वास गर्न नसकेको बताए ।

‘अनुसन्धान कसरी हुन्छ रु अहिलेको प्रहरी प्रशासनले नियमित अनुसन्धान गर्ने हो भने कसरी पत्याउने रु सहकारीमा फियर ढंगले अनुसन्धान होस् । कुनै एउटा पनि प्रमाण नाश नहोस् । अहिले प्रमाण प्रहरीसँगै छ’ महामन्त्री थापाले प्रश्न गरे, ‘जो मुछिएको छ, उसैले अनुसन्धान हुन्छ भनेर कसरी पत्याउने रु’

वर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनले प्रधानमन्त्रीको जवाफ माग गरे ।

लामिछानेले नक्कली खाता खोलेर रकम लिएको आरोप

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले विगतमा सहकारीमा नक्कली खाता खोलेर रकम लिएको अनुसन्धानका क्रममा देखिएको कांग्रेस महामन्त्री थापाले बताए ।

पोखराको सूर्य दर्शन सहकारीबाट १९ हजार मानिसको १ अर्ब ३५ करोड पैसा अपचलनमा परेको र यस सम्बन्धमा पोखरा महानगरपालिकाले अध्ययन गरेको उनले स्मरण गरे ।

महानगरपालिकाको अध्ययनले ८९ पेजको रिपोर्ट निकालेको र रिपोर्टमा एक सय जना मानिसकले नक्कली खाता मार्फत करिब १ अर्ब ३५ करोड अपचलन भएको भनेको उनले बताए ।

‘त्यो रिपोर्टमा ७८ औं पेजमा भन्छ( यसरी नक्कली खाता खोल्ने मानिसहरुमध्ये एउटा नाम हो रवि लामिछाने । माननीय रवि लामिछाने गृहमन्त्री हुनुहुन्छ । भोलि प्रधानमन्त्री बन्नुहोला शुभकामना छ । बन्न पनि सक्नुहुन्छ । त्यो अलग कुरा हो । तर, रवि लामिछाने १ करोड लिनुभएको ६ सदस्य हुनुहुन्छ । हाम्रो कानुनले भन्छ यो गैरकानुनी छ’, उनले भने ।

यस सम्बन्धमा रवि लामिछानेको स्पष्टीकरण सुनेको उल्लेख गर्दै उनले भने, ‘कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन भनेको सुनें । सय जनाले नै लगेको प्रकृति यही हो । यसरी छोड्ने हो भने सबैलाई छोड्नुपर्छ सरकार तयार हो रु प्रधानमन्त्रीलाई मेरो प्रश्न छ ।’

गोर्खा मिडिया नेटवर्कमा पैसा लगेको, बुटवलबाट लगिएको उल्लेख गर्दै उनले थपे, ‘ग्यालेक्सी जस्तो कम्पनीले लगेको छोड्ने हो भने अर्बौंको छोड्नुपर्छ । यो अनुसन्धानको विषय बन्छ कि बन्दैन रु’

भुटानी शरणाथी प्रकरण के हुन्छ रु

कांग्रेस महामन्त्री थापाले यसअघि अनुसन्धानमा अघि बढेका विभिन्न भ्रष्टाचार र अनियमितता सम्बन्धी अनुसन्धान के हुन्छ भनी सरकारलाई सोधेका छन् ।

सरकारले चालेका भ्रष्टाचारका अनुसन्धानमा आफूले सत्तापक्षमा बसेर समेत आवाज उठाएको उल्लेख गर्दै उनले यस सम्बन्धमा वर्तमान सत्तापक्षका सांसदहरुले के भन्छन् भनी पर्खिरहेको पनि बताए ।

‘भुटानी शरणार्थीको विषय थियो । सत्तापक्षमा बसेर खुट्टा नकमाउ सरकार नेता होस् कि नाता होस् भनेको हुँ । सुन काण्डको बेलामा एमालेका साथीहरुले कुरा उठाउँदा साथ दिएको हुँ । अख्तियारले बयान लिएको मन्त्रीलाई मन्त्रीबाट हटाउ भनेर एमालेले भन्दै गर्दा घर पठाइदिउँ भनेको हुँ’ महामन्त्री थापाले भने ।

अहिले सत्तापक्षमा बसेका सांसदहरुले आफूले भने जस्तो भन्न सक्नुपर्ने उनले बताए ।

‘आज सत्तापक्षबाट कोही उठेर बोल्नुहुन्छ रु नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छालाजुत्ता प्रकरण, टेरामक्स प्रकरण, एनसेल, सुनकाण्ड, एउटा काण्डमा पनि कसैले उन्मुक्ति नपाओस् । यति भन्ने हिम्मत राख्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group