ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको धम्की: यसपटक पनि म राष्ट्रपतिमा विजयी भइनँ भने अमेरिकामा रक्तपात हुनेछ


एबीसी न्यूज
५ चैत्र २०८०, सोमबार   ८ : ५१   बजे

काठमाडौं ५ चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव आफूले नजिते देशमा ‘रक्तपात’ हुनसक्ने चेतावनी दिएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार आयातीत कारमा कर लगाउने र अमेरिकी अटोमोबाइल उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने विषयमा सम्बोधन गर्दै ट्रम्पले अचानक भने, ‘यदि मैले आगामी चुनाव जितिनँ भने पूरै देशमा रक्तपात हुनसक्छ।’

उनले आफू पुनः राष्ट्रपतिमा निर्वाचित नभए अमेरिकामा लोकतन्त्रै समाप्त हुने दाबी पनि गरे।

 

ट्रम्पले भने, ‘यदि मैले चुनाव जितिनँ भने मलाई लाग्दैन कि देशमा फेरि चुनाव हुनेछ।’

रिपब्लिकन पार्टीको राष्ट्रपतीय उम्मेदवारको दौडमा अगाडि रहेका ट्रम्पले ओहायोमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उक्त दाबी गरेका हुन्।

यसअघि २०२० को राष्ट्रपतीय चुनावमा जो बाइडेनसँग हारेपछि तत्कालीन राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए।

आगामी निर्वाचनमा पनि बाइडेन र ट्रम्पबीच नै प्रतिस्पर्धा हुने लगभग पक्का भएको छ।

किनकि दुवै आगामी निर्वाचनमा उम्मेदवार हुन आफ्ना राजनीतिक दलबाट आवश्यक प्रतिनिधिको समर्थन जुटाउन सफल भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu