ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं छाडेपछि महरालाइ बर्दघाटबाट पछ्याएको थियो प्रहरीले


एबीसी न्यूज
५ चैत्र २०८०, सोमबार   २ : ०५   बजे

काठमाडौं ५ चैत । पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले सुन तस्करी प्रहरणमा उच्च राजनीतिक नेतृत्व पनि जोडिएको प्रतिवेदन दिएसँगै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरी निगरानी थिए।

यसबीचमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न उच्च सुरक्षाअधिकारीहरूलाई आइतबार निर्देशन दिए।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई गृहमन्त्रालयमै राखेर उनले उक्त प्रतिवेदन कार्यान्वयन अघि बढाउन भनेका थिए।

 

गृहमन्त्री लामिछानेको निर्देशनसँगै सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले पनि उक्त आयोगको प्रतिवेदन बुझिसकेका थिए।

जाँचबुझ आयोगको प्रतिवेदनलाई लिएर गृहमन्त्री लामिछानेले आईजीपी वसन्त कुँवरसँग एक्ला एक्लै लामो छलफल पनि गरे। आईजीपी कुँवरसँगको करिब ३ घण्टा लामो छलफलपछि जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीको जिम्मा लगाइयो।

प्रतिवेदन हात परेसँगै सीआईबीले महरालाई निगरानीमा राखेको थियो। गृहमन्त्री लामिछानेले मा‌ओवादी उपाध्यक्ष महरासहित जाँचबुझ आयोगको प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएसँगै निगरानी बढाइएको थियो।

प्रहरीको निगरानीमै रहेका बेला महरा उपत्यकाबाट बाहिरिए। उनी स्थलमार्ग हुँदै नवलपुरको बर्दघाट पुगेको अवस्थामा प्रहरीले पछ्याउन थालेको थियो।

प्रहरीका एक उच्च अधिकारीका अनुसार महरा भारततिर भाग्ने योजनासहित काठमाडौंबाट बाहिरिएका थिए। यद्यपि महराले कपिलवस्तुबाट पक्राउ गरिँदा आफू रोल्पामा हुन लागेको कार्यक्रममा जान हिँडेको जवाफ दिएका थिए।

बर्दघाबाट पछ्याएको प्रहरीले उनलाई आइतबार साँझ नै बुटवल आसपासबाट पक्राउ तयारी गरेको थियो। तर उनी त्यहाँबाट अघि बढेका महरालाई सोमबार बिहान खाना खान तयारी अवस्थामा रहेको अवस्थमा प्रहरीले पक्राउ गर्‍यो।

स्रोतका अनुसार अचानक काठमाडौं छाडेका महराले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए। सोमबार बिहान पक्राउ गरिसकेपछि पनि उनले भैरहवाबाट प्रचण्डलाई फोन गरे।

उनले प्रहरी र प्रधानमन्त्री दुवैसँग आफू भागेर कहीँ नजाने भन्दै यसरी पक्राउ नगरेको भए पनि हुने गुनासो राखे।

‘मलाई किन त्यस्तो गर्नु, म आइहाल्थेँ नि’, उनले प्रहरी र प्रधानमन्त्री दुवैलाई एकै कुरा भनेको स्रोतले जनाएको छ।

महराको गुनासोपछि प्रधानमन्त्रीले अब काठमाडौं आउनुस् भन्ने जवाफ दिएका थिए।

सुन तस्करी प्रकरणबारे गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो।

त्यसैगरी इलेक्ट्रिक चुरोट ९भेप० मा हालेर ल्याएको १४ किलो सुन तस्करी प्रकणमा पनि माओवादीका उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu