ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्र मन्त्री- सरकारले कूटनीतिक आचारसंहिता पालनामा कडा कदम चाल्छ


एबीसी न्यूज
५ चैत्र २०८०, सोमबार   २ : ४६   बजे

काठमाडौं ५ चैत । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले कूटनीतिक आचारसंहिता पालनाका लागि कडा कदम चाल्ने दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्र मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने, ‘परराष्ट्र सम्बन्ध र कूटनीतिक मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता छ । आचारसंहिता पालनामा सरकार कडा हुन्छ । देशको हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र मामिलामा सहमतिको साथ अगाडि बढ्नुपर्छ ।’

श्रेष्ठले परराष्ट्र मामिलामा स्वार्थ राख्दा र अरूबाट प्रभावित हुँदा सार्वभौम देशमा चुनौती थपिने बताए । उनले भने, ‘यस्ता कुरामा सरकार गम्भीर छ । म सरकारको तर्फबाट परराष्ट्र मन्त्रीको हैसियतले निस्वार्थ मुलुकको हितमा अगाडि बढ्ने पूर्ण प्रतिबद्धता प्रकट गर्न चाहन्छु ।’

राष्ट्रिय हितलाई सर्वोपरी ठानेर विश्वको बदलिँदो अवस्था, भूराजनीतिक अवस्थिति र त्यससँग जोडिएको संवेदनशीलतालाई ध्यान दिएर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै जाने उनले बताएका छन् । ‘यसको लागि दक्ष र कुशल कूटनीतिक अभ्यास गर्दै अगाडि बढ्ने छौ‌ं,’ मन्त्री श्रेष्ठले भने । यसको आधार नेपालको संविधान, संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्नताको नीति हुने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई मुख्य प्राथमिकता दिएको बताए । ‘छिमेकीसँगै अन्य मित्रराष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध, संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय विश्व संस्थासँगको राम्रो सम्बन्ध र विकास साझेदारसँग पनि सहभागितामूलक सम्बन्धका आधारमा हाम्रो परराष्ट्र नीति सञ्चालिन हुनेछ,’ उनले भने ।

परराष्ट्र मन्त्री श्रेष्ठले आर्थिक कूटनीतिलाई पनि महत्त्वपूर्ण पक्षका रूपमा अगाडि बढाउने दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu