ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग


एबीसी न्यूज
६ चैत्र २०८०, मंगलबार   २ : ०२   बजे

काठमाडौं ६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० का सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध गत माघ २२ गते पोखराको सूर्यदर्शन सहकारीका पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको र यसको निष्पक्ष छानबिन गरिनुपर्ने माग कांग्रेस नेता दीपक गिरीले संसदमा राख्नुभयो ।

यस मुद्दामा निष्पक्ष छानबिनमा बाधा पुग्ने देखिएकाले नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेको गिरीले उल्लेख गर्नुभयो । विद्यमान सहकारी ऐनले सहकारी संस्थाका सदस्यलाई मात्र कर्जा प्रवाह गर्नसक्ने व्यवस्था रहेपनि गैरसदस्यलाई समेत ऋण दिइएको विषय गैरकानूनी रहेको उहाँले दाबी गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सांसद गिरीले मिटरब्याजपीडित, सहकारपीडितलगायतले न्याय पाउनुपर्छ भनेर सदनभित्र र बाहिरसमेत कुरा उठाइरहेको भएपनि त्यसको अझै सुनुवाइ हुन नसकेको बताउनुभयो । विभिन्न सहकारी संस्थामा भएको ठगीको विषयलाई गम्भीरताका छानबिन गर्न कांग्रेसले माग गरेको छ । स्वार्थको द्वन्द्व हुनेगरी सरकारले मन्त्री नियुक्त गरेको आरोप पनि उहाँले लगाउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद सरस्वती बजिमयले देशैभर प्राकृतिक र मानवजन्य प्रकोपले आम सर्वसाधारण पीडित भइरहेकोबारे संसदमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ मा भएको आगलागीबाट भएको क्षतिको मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्ति दिइनुपर्ने बताउनुभयो ।

त्यसैगरी, सोही नगरपालिकाको वडा नम्बर १ र २ मा पनि अहिले आगलागी भइरहेकाले त्यसको नियन्त्रणका लागि पहल गर्न माग गर्नुभयो । जिल्लाका अरू स्थानमा पनि आगलागी भइरहेको उहाँको भनाइ छ । अहिलेसम्म खोटाङमा विभिन्न ३० स्थानमा आगलागी भइरहेको र ११ घर पूर्णरुपमा नष्ट भएको, ६७ वटा पशु चौपाया र १५ वटा कुखुरा मरेको उहाँले संसदमा बताउनुभयो । आगलागीबाट हालसम्म जिल्लामा करिब रु एक करोड २० लाख ९० हजार बराबरको क्षति अनुमान गरिएको उहाँले बताउनुभयो ।

सांसद देवेन्द्र पौडेलले पछिल्लो समय सवारी दुर्घटना बढिरहेको र यसबाट बर्सेनि हजारौँ व्यक्तिले ज्यान गुमाइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । पछिल्लो पाँच वर्षमा मात्र १४ हजारभन्दा बढीले सवारी दुर्घटनाबाट ज्यान गुमाएको बताउनुभयो ।

सोमबार बागलुङको निसीखोलमा भएको बस दुर्घटनामा नौ जनाको मृत्यु र २५ जनाभन्दा बढी घाइते भएको र घाइतेको उद्धार तथा तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । दुर्घटना न्यूनीकरणका लागि पहल गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद जनार्दन शर्माले पनि सोमबार बागलुङमा भएको बस दुर्घटनाका घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न र मृतकलाई हालसम्म परिवारको जिम्मा लगाउन नसकिएकोमा त्यसको व्यवस्थापनका लागि पनि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सवारी दुर्घटनाका कारण ज्यान गुमाउने र अङ्गभङ्ग हुनेको सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेकोबारे सरकारको ध्यानाकर्षण गराउनुहुँदै सांसद चन्द्रबहादुर विश्वकर्माले दुर्घटना न्यूनीकरणका लागि पहल थाल्न आग्रह गर्नुभयो । सोमबार भएको बस दुर्घटनाका घाइतेलाई निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको माग पनि उहाँले गर्नुभयो ।

सांसद रघुजी पन्तले नेपाली साहित्यलाई आधुनिक स्वरूप दिने प्रख्यात कथाकार परशु प्रधानको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । मुलुकलाई चिनाउन लेखक, कलाकार, सङ्गीतकर्मीको भूमिका रहने भएकाले राज्यले उनीहरूलाई प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । अहिले साझा प्रकाशन रुग्ण अवस्थामा पुगेको प्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group