काठमाडौं १३ चैत । आयरल्यान्ड वुल्भ्स विरुद्धको दोस्रो टी–२० आई खेलमा नेपालले नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यसअघिको टोलीबाट नेपाली टोलीमा २ परिवर्तन भएको छ। अनिल शाह र विवेक यादवले टोलीम पुनरागमन गरेका छन्।
अघिल्लो खेलमा टोलीमा रहेका ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरी बेन्चमा छन्। नेपालले हिजो सोमबार भएको पहिलो खेलमा आयरल्यान्ड टोलीलाई ६ विकेटले हराएको थियो।
नेपालको सुरुवाती ११
कुशल भुर्तेल, आशिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, अविनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, अनिल शाह, विवेक कुमार यादव र गुल्सन झा।
प्रतिक्रिया दिनुहोस्