ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको चुनौती


एबीसी न्यूज
१३ चैत्र २०८०, मंगलबार   ३ : १२   बजे

काठमाडौं १३ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ए टोली सामु जितका लागि १ सय ९९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९८ रनको योगफल तयार पारेको हो।

चौथो विकेटका लागि गुल्सन झा र कप्तान रोहित पौडेलले ७१ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफलको आधार खडा गरेको थियो।

 

३२ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गुल्सन ४६ रन बनाउँदा वेन ह्वाइटको बलमा कप्तान निल रकको हातबाट क्याच आउट हुन पुगे।

त्यसअघि ओपनर आशिफ शेख ११ रन बनाउँदा म्याथु फोस्टरको बलमा क्याच आउट भए। अर्का ओपनर कुशल भुर्तेल २५ रन बनाउँदा क्याच आउट नै भए। कुशलले १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दा फोस्टरको बलमा नै आउट हुन पुगे।

अनिल शाह १२ रन बनाउँदा पेभेलियन फर्के। कप्तान रोहित पौडेल ३३ रन बनाउँदा आउट हुन पुगे। उनले २४ बलमा ५ चौका हाने।

विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ४ छक्का प्रहार गरेका कुशल मल्ल ३४ रन बनाउँदा क्याच आउट नै हुन पुगे।

सन्दीप जोरा २१ रनमा क्याच आउट भए। विवेक यादव ७ रनमा अविजित रहे।

लामो सट खेल्ने धुनमा रहँदा आयरल्याण्डविरुद्ध नेपालका ७ ब्याटर क्याच आउट भए।

आयरल्याण्डका लागि म्याथु फोस्टर र बेन ह्वाइटले समान २ विकेट लिए। फियोन हान्ड र गाभिन होइले समान एक विकेट आफ्नो नाममा गरे।

पाहुना टोली आयरल्याण्डले घरेलु टोलीविरुद्ध केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

पहिलो खेलमा आयरल्याण्डलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो खेलमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न चाहान्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu