ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत अफगानिस्तानसँग स्तब्ध, जोर्डनले पाकिस्तानलाई ७ गोल हान्यो


एबीसी न्यूज
१४ चैत्र २०८०, बुधबार   २ : २८   बजे

काठमाडौं १४ चैत । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा दक्षिण एसियाको महारथि भारत पराजित भएको छ।

भारतलाई दक्षिण एसियाको उदाउँदो शक्ति अफगानिस्तानले २(१ गोलअन्तरले हराएको हो।  घरेलु भूमि गान्धी एथलेटिक स्टेडियम गुहाटीमा मंगलबार राति भएको खेलमा भारत स्तब्ध हुन पुगेको हो।

 

पहिलो हाफको अग्रतालाई जोगाउन नसक्दा भारत पराजित भयो । भारतका लागि ३८ औँ मिनेटमा सुनिल क्षत्रीले अग्रता दिलाएका थिए।

तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको अफगानिस्तानले महत्वपूर्ण खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

अफगानिस्तानलाई जिताउन रहमत अकबरी र शरिफ मुहम्मदले १(१ गोल गरे। विश्वकप छनोटको दोस्रो चरणमा अफगानिस्ताले पहिलो जित निकालेको हो।

भारतविरुद्ध महत्वपूर्ण जितपछि अफगानिस्तानले ४ खेलबाट समूह ए मा ४ अंक बनाएको छ। भारतविरुद्ध पहिलो लेगमा अफगानिस्तानले गोलरहित बराबरी खेलेको थियो।

अफगानिस्तानसँग पराजित भएको भारत पनि ४ अंकसहित भारत पनि दोस्रो स्थानमा छ। ३ खेल खेलेको कतार ९ अंकसहित पहिलो स्थानमा छ।

उता भारत पराजित भएकै दिन छिमेकी पाकिस्तानले पनि जोर्डनविरुद्धको खेलमा नराम्रो हार भोगेको छ।

जोर्डनको अम्मान रंगशालामा भएको खेलमा घरेलु टिमले पाकिस्तानलाई ७–० गोलको भारी अन्तरले हराएको हो।

जोर्डनले नेपाललाई सन् २०११ मा ९(० गोलले हराएयता यो अर्को फराकिलो जित हो। जोर्डनको जितमा मुसा अल(तामारीले ह्याट्रिक गरे।

पाकिस्तानविरुद्धको फराकिलो जितपछि जोर्डन ४ खेलबाट ७ अंकसहित समूहको दोस्रो स्थानमा छ। यो समूहमा १० अंकसहित साउदी अरेबिया पहिलो स्थानमा छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group