ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीले विनोद चौधरी र दुर्गा प्रसाईंबारे संसदीय समितिमा दिए स्पष्टीकरण


एबीसी न्यूज
१४ चैत्र २०८०, बुधबार   ३ : ०७   बजे

काठमाडौं १४ चैत । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको जवाफ दिएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले पहिल थुन्ने र कुरा सुन्ने काम विनोद चौधरीको हकमा सरकारले नगरेको बताए।

‘सरकारले पहिला थुन्ने अनि सुन्ने गर्दैन। पहिला सुन्नपर्छ, नसुनी थुन्न हुँदैन भन्ने कुरामा मेरो बुझाई छ’, उनले भने, ‘त्यहीअनुसार माननीय विनोद चौधरीको केसमा पनि भएको हो। कसैप्रति दुषित पूर्वाग्रह राख्ने काम हामीबाट हुँदैन।’

 

संसदीय समितिमा जवाफ दिने क्रममा लामिछानेले बीएन्डसी अस्पतालका मालिक दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा धेरै अधिकार प्रयोग गरेको देखिएको पनि बताए।

‘दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरेको देखिएको छ’, उनले भने, ‘हतियारको मालिक एकजना देखियो। तर प्रयोग अर्कैले गरेको पाइयो। चलाउने ब्यक्तिको हातमा हतियार नभएको कुरा थाहा भएपछि अनुसन्धान हुँदैछ।’

उनले अहिले उजुरी दर्ताको प्रवृत्तिमा धेरै गुनासा रहेका पनि बताए। ‘कुनै निकायले आमनागरिकलाई अप्ठेरो पार्दा गृहमन्त्रीकै तहबाट त्यसको जानकारी लिनसक्ने गरि तयारीको अन्तिम अवस्थामा छौँ’, उनले भने।

लामिछानेले प्रहरीलाई कसैको निजी काममा प्रयोग गर्न नदिइने बताए। ‘हाम्रा राष्ट्रसेवक कसैको भाँडा माझेर, लुगा धोएर बस्दैनन्’, उनले भने, ‘आवश्यकता भएको खण्डमा अनुसार कदम चाल्दै जानेछौँ।’

लामिछानेले बिनाकारण कसैलाई छाड्नपर्ने स्थिति आएको खण्डमा आफैं पद छाड्न तयार रहेको पनि बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group