ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईजीपी कुँवर- जीबी राई मलेसियामै छन्, सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन


एबीसी न्यूज
१४ चैत्र २०८०, बुधबार   ३ : १०   बजे

काठमाडौं १४ चैत । पोखरास्थित सूर्यदर्शन सहकारीमा भएको ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता नदेखिएको जवाफ प्रहरी महानिरीक्षक वसन्त कुँवरले दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूलाई जवाफ दिँदै महानिरीक्षक कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेको नाम आए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन्।

कुँवरले सहकरी प्रकरणको मुख्य नाइकेमा जीबी राई नै रहेको आफूहरुको पनि बुझाइ रहेको बताए। उनले हाल मलेसियामा रहेको सूचना आएकाले स्वदेश ल्याउने प्रयासमा लागिरहेको कुवँरले बताए।

‘सहकारीको इस्युमा माथिल्लो र नीतिगत तहमा विभिन्न प्रयास भएको छ। केन्द्रमा सीआईबी र तल जिल्ला प्रहरीले हेर्छन्’, उनले भने, ‘पोखरास्थित सूर्यदर्शन सहकारीको हकमा ५ जना पक्राउ परेका छन्। अझै १५ जना फरार छन्।’

उनले जीबी राई मलेसियामै रहेको निष्कर्ष सुनाए। ‘मलेसियामा जीबी राई छन भन्ने हामी भन्छौँ। यो फाइनान्सियल इस्यु भएका कारण अहिले त्यहाँ समकक्षी र एम्बेसीबाट पनि प्रयास भइरहेको छ’, उनले भने, ‘रवि लामिछानेको नाम आएको छ, यसमा उहाँको कुनै संलग्नता देखिएको छैन। बाकी अनुसन्धान हुँदैछ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu