ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीमन्त्री- सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्नैपर्छ


एबीसी न्यूज
१६ चैत्र २०८०, शुक्रबार   ३ : २३   बजे

काठमाडौं १६ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कमजोरी गर्ने र मापदण्ड विपरीत काम गर्ने सहकारीलाई ‘सिस्टम’ मा ल्याउनैपर्ने बताएका छन् ।

‘सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य’ विषयक कार्यक्रममा मन्त्री अधिकारीले सहकारी गठन र दर्ता कसरी गरियो भन्ने पनि चासोको विषय बनेको बताए ।

‘कतिपय सहकारी काठमाडौं बस्ने र सरकारको कार्यक्रम लिएर गएको ठाउँमा कार्यक्षेत्र लिएर जाने र त्यहाँ केही समय राम्रो गरेको जस्तो गर्ने अनि जनता ठगेर फर्किने गरेको देखिन्छ,’ मन्त्री अधिकारीले भने, ‘एउटा उद्देश्यबाट सहकारी दर्ता भयो । सहकारी दर्ताको उद्देश्य अभियन्ताले लागु गरेका छन् कि छैनन्, यसको समीक्षा हुनुपर्छ ।’

अहिले सहकारी गलत हो भन्ने मान्यतासाथ सहकारीको अन्त्य गर्ने कुरा उठिरहेको उनले बताए । सरकारको नीति कार्यन्वयन गर्न सहकारीको आवश्यकता दीर्घकालसम्म नै रहने उनको भनाइ छ ।

सहकारीको वास्तविक मर्म पहुँच नभएकालाई संगठित गरेर उनीहरूको जीवनस्तर उकास्ने उद्देश्यले गठन भए पनि बचत र ऋणका नाममा आकर्षक अफर ल्याउएर पैसा उठाउने अनि आफ्नो स्वार्थमा खर्च गर्ने गरेको देखिएको मन्त्री अधिकारीले बताए ।

‘हाम्रोजस्तो सानो देशमा ३१र३२ हजार सहकारी आवश्यक छ कि छैन, यो अहिलेको प्रश्न हो,’ उनले भने, ‘सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्नैपर्छ । सहकारीका लागि एकीकृत कानुन ल्याउन काम गर्छौं । सहकारीको नियमन सुपरीवेक्षण गर्न शक्तिशाली निकाय गठन गर्नुपर्छ । त्यसमा काम गर्छौं । नाम जे भए पनि अधिकार सम्पन्न निकाय गठन हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu