ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले र माओवादी केन्द्रबीच एकता गर्न सात बुँदे सहमति, पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (पूर्ण पाठसहित)


admin
७ फाल्गुन २०७४, सोमबार   ११ : १३   बजे

काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा पार्टी एकीकरण गर्नेबारे प्रारम्भिक आधारहरुमा सहमति भएको छ ।

सोमबार राति ११ बजे सकिएको पार्टी एकता संयोजन समिति बैठकले एकीकरणका आधारहरु तय गरी दुवै पार्टीका नेताहरुले हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने सहमति पत्रमा उल्लेख छ । पार्टीको निर्देशक सिद्धान्तमा माक्र्सवाद लेनिनवाद रहने छ ।

त्यसैगरी, नेकपा एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तर्गत अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएको सहमतिमा उल्लेख छ ।

त्यस्तै नेकपा एमालेले अबलम्बन गरिआको जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रले अवलम्बन गरि आएको माओवाद र एक्काइसौं शताब्दीमा जनवाद सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने सहमति गरेका छन् ।

यी सबै आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार गरी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गर्ने सहमति भएको छ ।

प्राप्त उपलव्धीको रक्षा र विकास गर्दै राष्टियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरणमार्फत समाजवादका आधार निर्माण गर्ने जनाएको छ ।

आगामी महाधिवेसनलाई एकता महाधिवेसनका रुपमा समझदारीका साथ भव्य रुपमा सम्पन्न गर्ने पनि सहमति भएको छ ।

सहमतिपत्रमा नेकपा एमालेका तर्फबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र इश्वर पोखरेलले हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group