काठमाडौ १७ चैत । एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुरे देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका छन् ।नयाँ सत्ता समीकरण बनेपछि ओली र देउवा एकै पटक बालुवाटार पुगेको यो पहिलो हो ।
यसअघि ओली र देउवासँग प्रचण्डले बेग्लाबेग्लै छलफल गरेका थिए । बैठकमा शान्ति प्रक्रिया, संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक बिषयमा पनि हुने जनाइएको छ ।प्रधानमन्त्री प्रचण्डले भोलि बिहानका लागि संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ।
प्रतिक्रिया दिनुहोस्