काठमाडौ १७ चैत । छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । निर्माण कम्पनीले गएको असोजमा कालोपत्र गरेको थियो ।अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन् । लोकमार्गको घोडाबाँधे भ्यूटावर, काफलठुटा, झाँक्रीस्थान नरठाँटीलगायत दर्जनौँ ठाउँमा उप्किएको छ । कालोपत्र उप्किएपछि सडक हिलाम्य र धुलाम्य बन्ने गरेको छ ।गुणस्तरहीन कामका कारण कालोपत्र उप्किएको स्थानीयले आरोप लगाएका छन् ।
२०७९ साल असार २२ गते लोकमार्ग कार्यालयसँग सम्झौता गरि जोशी निर्माण कम्पनी काठमाडौँले मर्मतको काम गरेको थियो ।मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले एक महिना नबित्दै उप्किएको सडकलाई पुनः मर्मत गर्न कम्पनीलाई लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरेको बताए।
प्रतिक्रिया दिनुहोस्