ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात प्रदेशका मुख्यमन्त्री पद बाँडफाँट यसरी गरियो


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   ८ : ३२   बजे

काठमाडौं, २० चैत्र ।  सत्ता गठबन्धनका चार दलबीच सात प्रदेश सरकारमध्ये कुन कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति भएको छ। सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा समझदारी भएको हो।

जसअनुसार बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने, गण्डकी, कर्णाली र कोसीको नेतृत्व एमालेलाई दिने सहमति भएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो गर्ने सहमति भएको छ। मधेस प्रदेशको मुख्यमन्त्रीचाहिँ जसपालाई दिने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने कुनै प्रदेश सभामा प्रतिनिधित्व नगर्ने भएकाले यसमा सहभागी नभएको हो।

चार दलबीच भएको सहमतिबमोजिम प्रदेश सरकारमध्ये बागमती प्रदेशमा माओवादीकै शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् भने हिजो मात्र उनले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरे । उक्त प्रदेशमा बाँकी कार्यकाल माओवादी केन्द्र र एकीकृत समाजवादीले आधा आधा समय मुख्यमन्त्री चलाउने सहमति भएको छ। यस्तै माओवादी केन्द्रले नै नेतृत्व पाउने सहमति भएको लुम्बिनी प्रदेशमा भने हाल केन्द्रमा प्रमुख प्रतिपक्षी रहेको नेपाली कांग्रेस नेतृत्वको सरकार छ। चार दलबीच सहमतिअनुसार अब त्यहाँ माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गरिनेछ। यसैगरी एमालेलाई मुख्यमन्त्री पद दिने सहमति भएको कर्णाली प्रदेशमा प्रधनमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई मुख्यमन्त्री पद एमालेलाई दिन निर्देशन दिइसकेका छन्। हाल त्यहाँ माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group