ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा एमालेका ४ मन्त्री बन्दै, आजै शपथ हुने


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   १ : ०८   बजे

काठमाडौं २० चैत । बागमती प्रदेशमा आज नेकपा एमालेबाट चारजन मन्त्री नियुक्त हुँदैछन्। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।

उनले आजै दिउँसो ३ बजे एमालेका चारमन्त्रीलाई शपथ खुवाउने तयारी गरेका छन्। प्रदेश सरकारमा एमालेका तीनजना पूर्वमन्त्रीहरु नै दोहोरिन लागेका र एकजना नयाँ अनुहारले प्रवेव पाउने एमाले स्रोतले जनाएको छ।

 

प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदा एमालेले यसअघि मन्त्री बनेकाहरुलाई नै दोहोर्याउन लागेको हो।

२६ पुस २०७९ मा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका जगन्नथा थपलिया आइतबार पुनः अर्थ मन्त्रालयमै फर्किएका छन्। एमालेको भागमा पाउने बाँकी मन्त्रालयमा पनि पुरानै अनुहारलाई प्राथमिकता दिने सहमती भएको थियो।

तत्कालिन ११ मन्त्रालय रहेको बागमतीमा त्यसबेला एमालेका ४ जना मन्त्री बनेका थिए।
अर्थमा थपलिया सहित एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए। थपलिया पुस २६ गते अर्थ मन्त्रीमा नियुक्त भएका थिए। बाँकी तीन मन्त्रीहरु माघ ११ गते नियुक्त भएका थिए।

माघमा नियुक्त भएका मन्त्रीहरुले केन्द्रीय सत्ता समीकरण फेरबदलसँगै १० चैत २०७९ मा सरकारबाट बाहिरिएका थिए। दुई महिनामै सरकार छोड्नु पर्दा केही काम गर्न नपाएको भन्दै पुरानै अनुहारलाई दोहोर्याउने पार्टीको निर्णय भएको नेकपा एमाले बागमतीका सचेतक मधुसूदन पौडेलले बताए।

थपिने अनुहारमा काठमाण्डौँ निर्वाचन क्षेत्र नम्बर ७ ९ख० बाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ रहेका छन्।

हाम्रो नेपाली पार्टीका संसदीय नेता शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराएर सरकारको संकट टार्नका लागि ठूलो भूमीका खेलेको भन्दै उनलाई मन्त्री नियुक्त गर्न लागिएको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu