ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेडियो नेपालका कार्यक्रमले सबैलाई एकताबद्ध गर्न योगदान पुगिरहेको छ: प्रधानमन्त्री दाहाल


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   १ : २२   बजे

काठमाडौं २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले रेडियो नेपालले आफूलाई बदलिँदो राजनीतिक परिस्थिति एवम् सामाजिक रूपान्तरणको अभियानमा जनआकांक्षा अनुरूप उभ्याई सकारात्मक सञ्चार सम्प्रेषण गर्न सफल भइरहेको बताउनुभएको छ ।

परिवर्तित सन्दर्भका नीतिगत, कानुनी र व्यवस्थापकीय उपलब्धिहरू केन्द्रीय र प्रादेशिक प्रसारणको माध्यमबाट जनताको घरघरमा पुऱ्याउन रेडियो नेपालले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले देशको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता र संविधानको मर्म एवम् भावनाअनुरूप रेडियो नेपालले सञ्चालन गरिरहेको कार्यक्रमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न योगदान पुगिरहेको उल्लेख गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री दाहालले रेडियो नेपालको संस्थागत, प्रविधिगत, संरचनागत र व्यवस्थापकीय सुधार गरी अन्य प्रसारण संस्थासँग प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित गर्न सबैले आ–आफ्नो ठाउँबाट पहलकदमी लिन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu