ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औद्योगिक काम अघि बढाउन प्रधानमन्त्री समक्ष अनुरोध


एबीसी न्यूज
२१ चैत्र २०८०, बुधबार   १२ : ५०   बजे

काठमाडौं २१ चैत । आठ बर्षअघि मन्त्रिपरिषदले निर्णय गरे पनि निर्माण कार्य बढ्न नसकेको बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्रको कामलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराइएको छ ।

बाँकेबाट सङ्घीय संसद, लुम्विनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीसहित बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिको संयुक्त टोलीले प्रधानमन्त्री प्रचण्डलाई तत्काल काम अघि बढाउन ध्यानाकर्षण गराएको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले बताउनुभयो ।

प्रदेशसभा सदस्य खत्रीले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले सबैपक्षलाई सहमतिमा लिएर तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।’ प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, आशा विक, प्रदेशसभा सदस्य खत्री, गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, वडा अध्यक्ष राजु रुचाल, एमाले नेता घननाथ खनाल, बिमल मल्लसहितको टोलीले प्रधानमन्त्री कार्यालयमा पुगेर नौवस्ता औद्योगिक क्षेत्रको काम तत्काल अघि बढाउन माग गरेको जनाएको छ ।

यसैगरी टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई पनि भेटगरी तत्काल औद्योगिक क्षेत्रको काम अघि बढाउन माग गरेको छ । नौवस्ता औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरी प्रत्यक्ष जानकारी लिनुभएका मन्त्री भण्डारीले पनि हाल देखिएको बिवाद समाधान गरी तत्काल काम अघि बढाइने बताउनुभयो ।

नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले सुरुमा ५२५ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरे पनि वस्तीलगायतका कारण पछि ३३८ बिघामा निर्माण कार्य अघि बढाउने भनिएको छ । त्यसभित्र समेत केही घर परेपछि विवादका कारण लामो समयसम्म औद्योगिक क्षेत्रको काम अघि बढ्न नसकेको हो ।

सो क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य खत्रीले मानव बस्तीलाई व्यवस्थापन गरी औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय बासिन्दा तयार रहेको बताउनुभयो । नौवस्तामा औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि २५० जना उद्योगी व्यवसायीले आवेदन दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu