ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब कांग्रेस र एमाले मिल्नुपर्छ- शेखर कोइराला


एबीसी न्यूज
२२ चैत्र २०८०, बिहिबार   ३ : ४४   बजे

काठमाडौं २२ चैत । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले देशमा राजनीतिक स्थिरता कायम गर्दै विकास गर्न दुई ठूला पार्टी मिल्नुपर्ने बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देश अप्ठ्यारो अवस्थामा रहेकाले राजनीतिक स्थिरता र विकासका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने वकालत गरेका हुन्।

‘संविधान बनाउन कांग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने यी दुई दल एकै ठाउँमा उभिनुपर्छ,’ कोइरालाले तर्क गरे।

 

उनले फागुन २१ गते बनेको एमाले र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन सरकारले देशको आर्थिक विकास गर्ने सम्भावना नरहेको पनि दाबी गरे।

‘यस्ता गठबन्धनहरूले देशको आर्थिक विकास हुने त कुनै सम्भावना छैनु, उनले भने, ुराजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा प्रदेशबाट देखिइसकेको छ। हरेक वर्ष सरकार परिवर्तन हुन थाले अप्ठ्यारो हुन्छ । हामीले अब स्थायी सरकार दिन जरुरी छ।’

नेता कोइरालाले कोसी प्रदेश सरकार संविधानको धारा ७५ को उपधारा ५ बाट बनेको हेक्का राख्न पनि दलहरूलाई सुझाएका छन्।

उनले कोसी प्रदेश सरकार विघटन भए मध्यावधिमा जाने पनि बताए। कोसीमा उनीनिकट केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

तर फागुन २१ गते माओवादी र एमाले मिलेर नयाँ गठबन्धन बनेपछि कार्कीलाई सरकारबाट बाहिरिदन दबाब बढिरहेको छ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकार ढलेमा अर्को विकल्प नभएकाले त्यहाँ मध्यावधि हुने जिकिर कोइरालाले गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu