ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयरल्यान्डविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल ‘ए’


एबीसी न्यूज
२३ चैत्र २०८०, शुक्रबार   ८ : १४   बजे

काठमाडौं, २३ चैत्र ।  नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले शुक्रबार एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानममा शुक्रबार बिहान ९स्३० बजे सुरु हुनेछ।

बुधबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो। आज नेपाल घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ।

तीन खेलको सिरिजमा आयरल्यान्ड ‘ए’ ले १–० को अग्रता लिएको छ। पहिलो खेलमा जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो।

नेपालका लागि साहब आलमले ३७, देव खनाल २६, बसिर अहमदले २०, रिजन ढकालले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। बलिङमा आयरल्यान्डका म्याथ्यु हुमप्रेजले पाँच र लियम म्याकार्थीले चार विकेट लिएका थिए।

आयरल्यान्ड ‘ए’ सँग पहिलो खेलमा लज्जास्पद हार खाएको नेपाल ‘ए’ का कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिएका थिए। यस्तै साहब आलम र मौसम ढकालले दुई दुई विकेट लिए भने रिजन ढकालले एक विकेट हात पारे।

टसपछि नेपाल ‘ए’का कप्तान विनोद भण्डारी र आयरल्यान्ड ए का कप्तान निल रक । तस्बिर स् क्यान
आयरल्यान्ड ‘ए’सँग घरेलु मैदानमै भएको टी–२० सिरिज २–१ ले गुमाएको नेपाल ‘ए’ले एक दिवसीय सिरिज उचाल्ने लक्ष्य लिएको छ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ टिमले आयरल्यान्डसँग एक दिवसीय सिरिजको फाइनल चैत २५ गते कीर्तिपुर मैदानमा खेल्नेछ।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि(२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको थियो। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group