ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी बढुवा विवादमा परेपछि प्रणाली नै संशोधन गर्ने गृहमन्त्रीको तयारी


एबीसी न्यूज
२३ चैत्र २०८०, शुक्रबार   १ : ११   बजे

काठमाडौं २३ चैत । हालै भएको नेपाल प्रहरीको एसपी र डीएसपी बढुवा विवादमा परेपछि गृह मन्त्रालयले बढुवाको प्रणाली नै संशोधन तयारी थालेको छ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बढुवा प्रणाली संशोधन अघि बढाउन निर्देशन दिएका हुन्।

योग्यतामा आधारित बढुवा प्रणाली लागु हुने गरी नियमावली संशोधनको प्रस्ताव ल्याउन लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्वलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा सशस्त्र प्रहरी ९चौथो संशोधन० नियमावली–२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौँ भन्ने बढुवापिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ। जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौँु, उनले भने, ुत्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता पनि बढ्छ।’

नेपाल प्रहरीको एसपी र डीएसपी बढुवामा भएको सिफारिसमा केही योग्य अधिकृतहरू छुटेपछि गृहमन्त्री लामिछानेमाथि प्रश्न उठेको छ। त्यसपछि उनले नियमावली संशोधन गर्न निर्देशन दिएका हुन्।

साताअघि भएको प्रहरी उपरीक्षक र बुधबार भएको प्रहरी निरीक्षकको बढुवा सिफारिसका क्रममा आएका प्रतिक्रियाका आधारमा लामिछानेले यस्तो निर्देशन दिएका हुन्।

उनले दुवै संगठनको संयुक्त संयन्त्र बनाएर विस्तृत अध्ययन गरी प्रस्ताव ल्याउन पनि भनेका छन्।

छलफलमा सचिवसहित गृहमन्त्रालयका उच्च अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरू सहभागी थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group