ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौरासीको लक्ष्य एमालेको एकल बहुमत : अध्यक्ष ओली


एबीसी न्यूज
२३ चैत्र २०८०, शुक्रबार   २ : ४८   बजे

काठमाडौं २३ चैत । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमत भएको बताउनुभएको छ ।

नेकपा ९एमाले० कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पद तथा गोपनीयताको सपथ समारोहमा शुक्रबार उहाँले सो कुरा बताउनुभएको हो । अहिले नयाँ गठबन्धन नभएर नयाँ राजनीतिक समीकरण भएको उहाँको भनाइ छ । “हामीले नयाँ राजनीतिक समीकरण बनाएका छौँ । मिसन चौरासीबाट एमालेको एकल बहुमत आउँछ । बहुमत आए पनि हामी एक्लै सरकार चलाउँछौँ भन्दैनौँ, अरुलाई पनि सँगै लैजान्छौँ” अध्यक्ष ओलीले भन्नुभयो ।

राजनीतिमा फुट र एकता सधैँका लागि नहुने देखिएको उल्लेख गर्दै उहाँले सधैँ आफूले मात्र अवसर पाउनुपर्छ भन्ने मान्यता त्याग्न आग्रह गर्नुभयो । अधिवेशनमा वैचारिक र नेतृत्वको बहसपछि समाधान लिएर जनतामा जान उहाँले निर्देशन दिनुभयो ।

एमालेलाई एक्ल्याउने अनेक प्रयासका बाबजुद कास्कीमा एमालेले अभूतपूर्व नतिजा निकालेको भन्दै उहाँले कास्कीलाई ‘सुदृढ लालकिल्ला’ को संज्ञा दिनुभयो । पोखरा घोषणा गरे पनि, नगरे पनि पर्यटनको राजधानी नै भएको तर्क गर्दै उहाँले यसको थप विकासको नेतृत्व एमालेले गर्ने चर्चा गर्नुभयो ।

एमाले कास्कीको ११ औं अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको थियो । चैत १० र ११ गतेलाई निर्धारित अधिवेशनको नतिजा भने १४ गतेमात्र सार्वजनिक भएको थियो । अध्यक्षसहित पदाधिकारीमा पनि अधिकारी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu