ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा ई–सिगरेट बन्द हुने


एबीसी न्यूज
२३ चैत्र २०८०, शुक्रबार   २ : ५२   बजे

काठमाडौं २३ चैत । नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको नेपालमा सुर्तीजन्य पदार्थको सामाजिक आर्थिक र नीतिगत राष्ट्रिय सर्वेक्षण सार्वजनिक कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा।भक्तबहादुर केसीले नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने जानकारी दिनुभयो ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने निर्देशिकामा ई–सिगरेट प्रयोग, निर्यात, प्रयोग आयत बन्द गर्ने उल्लेख गरेकाले अब छिट्टै कार्यान्वयनका लागि जाने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो निर्देशिका निस्किसकेपछि नियम, कानुन, ऐनसम्मत नभएको भन्दै मुद्दा दायरा भएको थियो । हालै अदालतले निर्देशिका नियम, कानुन र ऐनसम्मत भएको सफाइ दिएको छ । अब निर्देशिका कार्यान्वयनमा गएपछि ई–सिगरेट नेपालमा बन्द हुन्छ ।”

बन्द गर्न अर्थ मन्त्रालयमा पत्र पठाइसेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार बन्द भइसकेपछि ई–सिगरेट उपभोग, बिक्री, वितरण, उत्पादन, आयत गर्न पाइनेछैन ।

कार्यक्रममा डा।जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा लाग्ने अन्तः शुल्कलाई अझ प्रभावकारी बनाउन वर्षेनी कम्तीमा ३५ प्रतिशत वृद्धि गर्न सरकारसमक्ष माग गर्नुभयो ।

 

हुक्का ई–सिगरेट जस्ता नयाँ प्रकारका सुर्तीजन्य पदार्थलाई स्वास्थ्य जोखिम करको दायरामा ल्याउनु पर्ने, अन्तः शुल्क वृद्धि गर्न उहाँले माग गर्नुभएको थियो ।

प्रतिष्ठानका अनुसन्धानकर्ता कमल चौलागाईले सुर्तीजन्य पदार्थको उपलब्धता र पहुँचलाई कम गर्न विद्यमान नीतिहरुको प्रभावकारी कार्यान्यन गर्न सरकारसमक्ष माग गर्नुभयो ।

स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा।केसीले आगामी आर्थिक वर्षमा कर बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिठी पठाइसकेको जानकारी दिनुभयो ।

मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमन सिंहले वर्षमा एक करोड मानिसले एक अर्ब रुपियाँ धुवामा उडाउने गरेको बताउनुभयो । प्रतिष्ठानले सार्वजनिक गरेको प्रतिवेदन मन्त्रालयलमा छलफल गरेर उपयुक्त निचोड नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता गर्नुभयो ।

प्रतिष्ठानले सार्वजनिक गरेको सर्वेक्षणले नेपालमा प्रत्येक वर्ष ३७ हजार ५२९ जनाको मृत्यु हुने गरेको देखाएको छ । उक्त प्रतिवदेन अनुसार सुर्तीजन्य पदार्थको सेवनकर्ताको सङ्ख्या ३४ प्रतिशत अर्थात् ६७ लाख सुर्तीजन्य प्रदार्थ प्रयोगकर्ता छन् ।

उहाँका अनुसार सिगरेट ३८।४ प्रतिशत, चबाउने सुर्तीजन्य पदार्थ ६७।३, हुक्का ८।३ प्रतिशत ई–सिगरेट २।२ प्रतिशत र विडी ११।१ प्रतिशतले प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । प्रतिष्ठानका अनुसन्धानकर्ता चौलागाईले युवा वर्षमा हुक्का, ई–सिगरेट जस्ता नयाँ प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो रहेको बताउनभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu