ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगी प्रकरणको उच्च स्तरीय छानविन आयोग गठन गर : विवेकशील साझा पार्टी


एबीसी न्यूज
२४ चैत्र २०८०, शनिबार   ६ : ०८   बजे

काठमाडौ २४ चैत ।  वहालवाला मन्त्रीहरुदेखि राजकीय पदमा आसिन वर्तमान तथा पूर्व पदाधिकारीहरु समेत सामेल विभिन्न सहकारी ठगी प्रकरणमा हजारोैँ सर्वसाधारणको अरबोैँ रकम अपचलन हुँदा पनि सरकार मोैन रहेकोप्रति विवेकशील साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

विवेकशील साझा पार्टीले सहकारी ठगी प्रकरणमा संलग्नहरुलाई छानविनका लागि उच्च स्तरीय आयोग गठन गरी दोषीलाई हदै सम्मको कारवाही गर्न र पिडीतलाई राहत तथा परिपूरणको ब्यवस्था गर्न सरकारसंग जोडदार माग गरेको छ ।

सरकारमा संलग्न मन्त्रीहरु,पूर्व मन्त्रीहरु, विभिन्न दलका नेताहरुको मिलेमतो र सेटिङमा सर्वसाधारणको अरबोैँ रुपैयाँ अपचलन हुनु र पिडीतको विल्लिबाँठ हुँदा पनि सरकारले प्रभावकारी छानविन गरी दोषीलाई कारवाही नगर्नु जनमतको अवहेलना र पिडीतप्रति अचाक्ली ज्यादती भएको विवेकशील साझा पार्टीको ठहर छ।सरकारमै रहेका कतिपय आरोपित मन्त्रीहरुले सत्ताको दुरुपयोग गर्दै दलीय दादागिरीको जगमा छानविनलाईनै स्याबोटेज गरिरहेको भन्ने सरोकारवाला र सहकारी पिडीतहरुको भनाईलाई वेवास्ता नगर्न विवेकशील साझा पार्टी प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण गराएको विवेकशील साझा पार्टीका प्रवक्ता आशुतोष प्रधानले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group