ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने


एबीसी न्यूज
२५ चैत्र २०८०, आइतबार   १ : १५   बजे

काठमाडौं २५ चैत । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । एमालेले नयाँ राजनीतिक समीकरण बनेपछि हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन गर्न वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको हो ।

अहिले कोशीमा कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकार छ ।

एमालेले प्रदेश प्रमुख समक्ष दाबी पेशका लागि भने सत्तामा सहभागी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई कुरिरहेको छ । एमाले कोशी स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका लागि दाबी र संसद्को विशेष अधिवेशन माग गर्ने छुट्टाछुट्टै निवेदनको ड्राफ्ट तयार छ । प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि समर्थन फिर्ता, नेतृत्वको दाबी र विशेष अधिवेशन माग गर्ने तयारी भएको स्वीकार गरे ।

‘हामी छलफलमा छौं, तीन पार्टीको छलफल हुन्छ,’ एमाले दलका नेता कार्कीले भने, ‘कुराकानी हुँदैछ, आजैका लागि प्रयास गरिंदैछ ।’

 

माओवादी केन्द्रले भने आफ्ना पार्टी नेताहरू विराटनगर बाहिर रहेकाले तत्काल हतार नगर्ने बताएको छ । माओवादी केन्द्रले सरकार गठनको खाका स्पष्ट हुनुपर्ने अडान राखेको छ ।

एमालेले तयार गरेको ड्राफ्टमा मुख्यमन्त्रीले काम गर्न नसकेका कारण संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई सांसदले दिएको समर्थन फिर्ता लिएको र बहुमत ९५७० सांसदले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई प्रस्ताव गरेको उल्लेख छ । संसद्को विशेष अधिवेशन बोलाउने अर्को निवेदन पनि तयार छ ।

समर्थन फिर्ता र मुख्यमन्त्री दाबी प्रदेश प्रमुख समक्ष पेश गर्ने, प्रदेश सभा सचिवालयमा दर्ता गर्ने र सभामुखलाई पनि जानकारी गराउने तयारी छ ।

दाबी पेश गरेपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीलाई तत्कालै नियुक्त गर्नुपर्ने एमालेको तर्क छ । तर नेकपा माओवादी केन्द्रले भने अन्य उपधारा अनुसार गठन भएको सरकारले विश्वासको मत लिनका लागि ३० दिन समय पाउने भएकाले उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीका लागि पनि ३० दिनसम्म पर्खनुपर्ने बताएको छ । माओवादीको अडानमा एमाले सकारात्मक छ ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले पार्टीका नेताहरूसँगको छलफलपछि अघि बढ्ने बताउँछन् । ‘आज छलफल गर्ने कुरा छ, सबै कुरा टुङ्गिएको छैन,’ उनले भने,‘ नयाँ कोर्षमा जानका लागि हाम्रो कुनै विमति छैन, तर अहिले प्रकृया सुरू भएको छैन ।’

नयाँ सरकार गठनका लागि एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईको छुट्टै प्रस्ताव छ । उनले समर्थन फिर्ता र दाबी पेशपछि ३० दिन पर्खिएर सर्वोच्च अदालत जानुपर्ने बताउँछन् ।‘ बहुमतले समर्थन फिर्ता लिनका लागि प्रस्ताव संसद्‌मा टेबल गर्ने, प्रदेश प्रमुखलाई पनि यो सरकारले विश्वास गुमायो भनेर व्यक्ति तोकेर नयाँ सरकार गठनका लागि निवेदन दिने,’ राई भन्छन्,‘ अन्य उपधारा अनुसार विश्वासको मतका लागि ३० दिन समय हुन्छ, यसमा पनि ३० दिन पर्खेर बस्ने अनि विश्वासको मत नलिए वा राजीनामा नदिए सरकार, संसद्, सभामुख र प्रदेश प्रमुखलाई विपक्षी बनाएर अदालत जानुपर्छ ।’

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । २१ फागुनमा नयाँ राजनीतिक समीकरणपछि बनेको नयाँ गठबन्धनमा ५७ सांसद छन् । तर सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई हटाउन सकस परिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu