ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा केदार कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने


एबीसी न्यूज
२५ चैत्र २०८०, आइतबार   २ : २१   बजे

काठमाडौं २५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडान लिएका छन् । गत २७ असोजमा सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि परीक्षण नगर्ने अडान लिएका हुन् ।

२१ फागुनमा केन्द्रमा एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेपछि कोशीमा वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । गठबन्धन दलहरुबीच भएको भागबण्डामा कोशी नेकपा एमालेको भागमा परेको छ । तर संवैधानिक अप्ठ्यारोका कारण नयाँ सरकार गठनको स्पष्ट चित्र देखिएको छैन ।

२७ असोजमा ८ जना सांसदसहित नेपाली कांग्रेस भित्र विद्रोह गरेका केदार कार्की नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनी नेतृत्वको वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका ३ र एकीकृत समाजवादी पार्टीबाट एक जना मन्त्री छन् । उनीहरुले सरकारको समर्थन फिर्ता लिन पनि सकेका छैनन् ।

त्यसैले आफूले राजीनामा दिए वा विश्वासको मत नपाए प्रदेश मध्यावधीमा जाने दाबी मुख्यमन्त्री कार्कीको छ । प्रदेशलाई मध्यावधीमा जानबाट रोक्नका लागि राजीनामा नदिने र विश्वासको मत पनि नलिने उनको भनाइ छ । ‘‘विश्वासको मत लिन्नँ, अविश्वासको प्रस्ताव दर्ता हुँदैन,’ उनले भने, ‘राजीनामा दिएर अस्थीरता निम्त्याउन चाहन्न ।’

‘सरकार हरेक वर्ष परिवर्तन भइरहने भए उपधारा ५ किन राख्ने, उपधारा ५ लाई संसदले नै संशोधन गर्नुपर्यो कि संवैधानिक इजलासले ब्याख्या गर्नुपर्यो,’ मुख्यमन्त्री कार्की भन्छन्, ‘संसदीय प्रकृयामा जाँदा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन भन्या छ, विश्वासको मत चाहिँ ममा भर पर्छ, म किन मध्यावधीमा जानू रु कि त अदालतले नै जा भन्नुपर्यो ।’

सत्ता गठबन्धनका दलहरु भने केदार कार्की नेतृत्वको सरकार हटाउनका लागि कार्कीलाई दिएको समर्थन फिर्ता लिने, नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने र संसदको विशेष अधिवेशन माग गर्ने प्रस्ताव एकैपटक गर्ने तयारीमा छन् ।

समर्थन फिर्ता र गठबन्धनमा रहेका बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गरेर मुख्यमन्त्री कार्कीलाई विश्वासको मत परीक्षणका लागि ३० दिन पर्खने र विश्वासको मत नलिए वा राजीनामा नदिए प्रदेश प्रमुखले अर्को सरकार गठन गर्ने गठबन्धन दलको दाबी छ ।

यदि यस्तो स्थिति आयो भने के गर्ने भन्ने विषयमा मुख्यमन्त्री कार्कीले कानुनी परामर्श भने जारी राखेका छन् । ‘स्वतन्त्र विज्ञहरुको राय मागेर अध्ययन गरिरहेको छु, अन्तर्राष्ट्रिय विज्ञहरुसँग पनि राय लिँदैछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu