काठमाडौं, २५ चैत । अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड एविरुद्ध शतक बनाएका छन् ।२८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले ३४औं ओभरको पहिलो बलमा २ रन जोड्दै शतक पूरा गरेका हुन् । ११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए ।
कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरूवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए ।
त्यसपछि देव खनालसँग ५२ रनको साझेदारी गरे । खनाल १० रनमा आउट भए । नरेन भट्ट ९११०, विनोद भण्डारी ९१५० र भीम सार्की ९०० रनमै आउट भए ।
प्रतिक्रिया दिनुहोस्