ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवन शाहीलाई वाइडबडी भ्रष्टाचारमा फसाइएको भन्दै तरुण नेताले देउवालाई भेटे


एबीसी न्यूज
२५ चैत्र २०८०, आइतबार   ६ : १९   बजे

काठमाडौं २५ चैत । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिदमा फसाइएको भन्दै सभापति शेरबहादुर देउवालाई भेटेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पार्टीका केन्द्रीय सदस्यसमेत रहेका शाहीलाई फसाएको भन्दै तरुण दल केन्द्रीय सदस्य जित क्षेत्रीको नेतृत्वमा आइतबार बूढानीलकण्ठ पुगेको टोलीले देउवाको ध्यानाकर्षण गराएको हो।

‘अनावश्यक कुरामा तथ्यहीन प्रमाणको आधार बनाएर बहुचर्चित नेता शाहीलाई निशाना बनाएर सिङ्गो काङ्ग्रेसमाथिको हमला गरिएको छ’, उनीहरूले भनेका छन्।

शाहीलाई करिब २४ अर्ब रुपैयाँमा खरिद गरिएका दुईवटा वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचारमा संलग्न भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

करिब २४ अर्ब रुपैयाँका ती दुई जहाज खरिदका क्रममा एक अर्ब ४७ करोड अर्ब रुपैयाँ ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले तत्कालीन पर्यटन मन्त्री शाहीसहित ३२ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा चलाएको हो।

अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव एवम् नेवानिका तत्कालीन संचालक समिति अध्यक्ष शंकरप्रसाद अधिकारी, नेवानिका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन र तत्कालीन कायममुकायम निर्देशक रवीन्द्र श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu