ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा मुम्बई र लखनउको जित


एबीसी न्यूज
२६ चैत्र २०८०, सोमबार   ७ : ४७   बजे

काठमाडौँ, २६ चैत्र ।  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले यो सिजनमा पहिलो पटक जितेको छ । हिजो भएको पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो । मुम्बईले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ७१ रन बनाए । मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४९ रन बनाए । दिल्लीका लागि अक्सर पटेल र एनरिक नोर्ट्जेले २–२ विकेट लिए । यसअघि पाँच पटकको विजेता मुम्बई यो सिजनमा ४ खेलमा १ जितसहित आठौं स्थानमा पुगेको छ । दिल्ली भने ५ खेलमा १ जित सहित पुछारमा छ ।

यसैबीच, आईपीएलको हिजोको दोस्रो खेलमा लखनउ सुपर जाएन्ट्सले गुजरात टाईटन्सलाई ३३ रनले हराएको छ । लखनउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले ३१ रन बनाए ।

लखनउका लागि यश दयाल एक्लैले ५ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिक ५८ रन बनाए । लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए । जित पछि लखनऊ ४ खेलमा ३ जित सहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ ।
आईपीएलमा आज चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल चेन्नईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu