ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘महाजात्रा’ ले गलत नेताको भण्डाफोर गरेको छ- पूर्व प्रधानमन्त्री झलनाथ खनाल


एबीसी न्यूज
२६ चैत्र २०८०, सोमबार   १२ : ४५   बजे

काठमाडौं २६ चैत । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले ‘महाजात्रा’ हेरेका छन्।

आइतबार बेलुकी सिभिल मलमा रहेको क्युएफएक्स सिनेमाजमा आयोजित विशेष शोमा पुगेका उनले फिल्मले भ्रष्टचारी नेतालाई गतिलो मुक्का प्रहार गरेको भन्दै तारिफ गरे।

चुनावी कार्यक्रममा इलाममा व्यस्त नेता खनाल काठमाडौँ आइपुग्ने वितिकै फिल्म हेरेका हुन्। साथै उनले जनताले अपेक्षागरेको जस्तै फिल्म बनेको प्रतिक्रिया दिए।

 

‘नेपाली जनताले अपेक्षा गरेको जस्तै फिल्म बनेको पाएँ। नेपाली समाजमा जुन प्रकारको भ्रष्टचार, तस्करी देखिएको छ र त्यसलाई नेताहरूले संरक्षण गरेका छन्, त्यसको कारण देशमा युवा रितिएका छन्। यसले त्यस्ता गलत आशय राख्ने नेताको भण्डाफोर गरेको छ। यो फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो पात्रमार्फत क्रान्ति नै गर्नुभएको छ। नेताहरू नसच्चिएसम्म देश बन्दैन्, यस्तो क्रान्ति पर्दा बाहिर पनि चाहिएको छ।’

उनले फिल्म हेरिरहदा भरपुर मनोरञ्जनसँगै संदेश समेत ग्रहण गर्न पाएको सुनाए। ‘फिल्ममा अभिनय गर्ने सबै कलाकारले कुशल कलाकारिता प्रदर्शन गर्नुभएको छ, पर्दामा देखिने पात्र जीवन्त छन् । ‘म यो फिल्मलाई दश नम्बरमा ९।९ दिन्छु, यसले हाँसो मजाकमै गम्भीर विषयलाई उठान गरेको छ’, नेता खनालले भने।

नेता खनालसँगै निर्देशक तुलसी घिमिरे, बद्री अधिकारी, अभिनेत्री गौरी मल्ल, अञ्जना बराईली, अभिनेता निश्चल खड्का, रेअर राई, आयुष्मान देशराज श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायतले फिल्म हेरेका थिए।

कमेडियन सन्दीप क्षेत्रीले ‘जात्रा’ शृङ्खला यहाँसम्म आइपुग्दा परिपक्क हुँदै अगाडि बढेको भन्दै प्रसंशा गरे।

निर्देशक तुलसी घिमिरेले हसाउने र रुवाउने दृश्यलाई एकसाथ पर्दामा ल्याउन सक्ने भन्दै लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईको प्रसंशा गरे।

प्रदीप भट्टराईको कथा रहेको फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल लगायतको अभिनय रहेको छ। निर्माताका अनुसार यस फिल्मले नेपालमा एघार करोड बढीको व्यापार गरिसकेको छ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्। षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ तेस्रो सिक्वेल हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu