ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउँछौं : उद्योगमन्त्री भण्डारी


एबीसी न्यूज
२६ चैत्र २०८०, सोमबार   १ : २४   बजे

काठमाडौं २६ चैत । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्र १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना गरिने बताउनुभएको छ ।

सोमवार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौंमा भएको १८ औं वार्षिक साधरण सभामा उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले उद्योगमैत्री कानुन बनाएर अन्तिम चरणमा पुगाएको दाबी गर्नुभयो । सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएको सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको बताउनुभयो ।

उद्योगमन्त्री भण्डारीले समयाअनकुल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयाअनुकुल अगाडि बढाउने बताउनुभयो । मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडिबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने चर्चा गर्नुभयो । उहाँले करको विषयमा उद्योगी व्यवसायीका असहमतिलाई नीतिगत रुपमा समाधान गर्नेगरी बजेट आउने जानकारी दिनुभयो ।

विश्वबजारसँग प्रतिष्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतमा बढी केन्द्रित वस्तुहरु उत्पादनमा जोड दिनुपर्नेमा उल्लेख गर्नुभयो । नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो । उहाँले उद्योग नीतिमा भएका अस्पष्टतालाई सरकारले चाँडै समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘उद्योगमैत्री कानुन बनाउने अन्तिम चरणमा पुगेका छौं । त्यो प्रक्रियामा अगाडि बढेका छौं । यही संसद अधिवेशनमा उद्योग मन्त्रालयको तर्फबाट १० वटा कानुन संशोधनको प्रक्रियामा अगाडि बढाएका छौं ।’

सरकारले समयाअनुकुल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधनगरी ट्रेडका विषयलाई समयाअनुकुल अगाडि बढाउनु पर्ने र करका विषयहरु पनि रहेको उहाँले चर्चा गर्नुभयो । नेपालको प्राकृतिक सम्पदा, स्रोतहरुमा बढी केन्द्रित गर्नुपर्ने बताउनुभयो । बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याइरहेको पनि उहाँले चर्चा गर्नुभयो । स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न चाँडै कार्यविधि मन्त्रीपरिषद्बाट पास गरेर प्रधानमन्त्री नेपाली अभिवृद्धि कार्यक्रम ल्याउने पनि उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रम ल्याउन लागेको पनि बताउनुभयो । उहाँले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवद्धि कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu