काठमाडौ २७ चैत । महोत्तरीको मटिहानी–८ मा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट ३५ लाख रुपैयाँभन्दा धेरैको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान छ ।
गएराति १० बजेतिर आगलागी भएको र आगलागीबाट फर्निचर र उद्योगका कच्चा पदार्थमा क्षति भएको हो । मटिहानी नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्